संसद् भवन झगडा गर्ने थलो बन्यो : ज्ञानेन्द्र शाही



गुल्मी : राप्रपाका प्रवक्ता तथा सङ्घीय सांसद ज्ञानेन्द्र शाहीले संसद् भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छ्न। शुक्रबार सदरमुकाम तम्घासमा जिल्ला पार्टी राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद् भवनमा जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभइ झगडा गर्ने थलो बनेको बताएका हुन।

देशमा पछिल्लो अवस्था राजनीति अवसरवादी भएको उनले बताए। मन्त्रीहरूले लगाएको कोट परिवर्तन गर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताउँदै शाहीले राजनीति राजनीति राज्यको निम्ति नभइ अवसरका निम्ति भएको र राजनीति घिन लाग्ने खालको भएको भएको टिप्पणी गरे।

देशमा राजनीति अस्थिरताका कारण आर्थिक अवस्था संकटमा रहेको बताए। उनले राज्यको करले कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने भन्दै राज्यको नाममा २० खर्ब भन्दा बढी आर्थिक भार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्