नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ यात्रु घाइते



काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बेतिनीबाट यात्रु लिएर काठमाडौं जान लागेको सुमो शुक्रबार अपराह्न सोही स्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

ना १ ज ३९८४ नं को सुमो धारपानीको ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खसेको हो। दुर्घटनामा ११ जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्