काठमाडौं : फ्रान्समा इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ भने २ सय जना घाइते भएका छन् । इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै तीन लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सँचारमाध्यमले जनाएका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी २ सयभन्दा बढी घाइते भएको बताइएको छ । प्रदर्शनकारीहरु पहेंलो ज्याकेट लगाएर सडकमा उत्रिएका थिए । राष्ट्रपति इम्यानुएल म्याक्रोले नागरिकको आवाज बेवास्ता गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।