कर्णाली सरकारबाट बाहिरियो नेकपा एमाले



काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ ।कर्णाली प्रदेशमा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

 कर्णाली प्रदेशको सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

 केन्द्रको गठबन्धन फेरिएसँगै प्रदेशको  गठबन्धन पनि फेरिएको हो । गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्