नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने थप एक जना पक्राउ



काठमाडौं ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको  गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सन्देश शर्मा नाम गरेका एक जनालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई बुधबार दिउसो पक्राउ गरेको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानबाट खुल्न आएको छ । यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरी सकेको छ । 

उनीहरूले विभिन्न व्यक्तिहरूबाट ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ। उनीहरू माथि नागरिकता बनाइदिने र अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोप लागेपछि अनुसन्धान थालिएको हो । 

प्रतिक्रिया दिनुहोस्