अछाममा ५० बर्षिया गणेश नाथ योगी स्कुटर सहित मृत भेटिए



काठमाडौं ।  अछाममा १ जना स्कुटर सहित मृत अवस्थामा भेटिएका छन् । साँफेबगर नगरपालिका १ बैधनाध कालिमाटिका अन्दाजी ५० बर्षिया गणेश नाथ योगी सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटर सहित सडकबाट तल खसेका अवस्था मृत भेटिएका हुन।

प्रहरीका अनुसार घटना हेर्दा दुर्घटना जस्तो देखिएको परिवारले आफूहरू नपुग्दा सम्म शव नउठाउनु भनेका कारण शव घटना स्थलमा रहेको छ। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्