विदेशी मुद्राको भाउ लगातार ओरालो



काठमाडौं : अमेरिकी डलरसँगै अन्य विदेशी मुद्राको भाउ लगातार ओरालो लागेको छ । हप्ताको पहिलो दिन आज अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३८ पैसा तोकिएको छ । शुक्रबार डलरको खरिददर ११४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा तोकिएको छ । गएको शुक्रबार साउदी रिहालको खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा थियो । यस्तै शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेकोमा आइतबार खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

आज युएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ । शुक्रबार दिर्हामको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा थियो । यस्तै शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४० पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा रहेकोमा आइतबार खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा तोकिएको छ । अघिल्लो हप्ताजस्तै यो हप्ताको सुरुवातमै विदेशी मुद्राको भाउ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्