
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री बन्ने बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत वैशाख १० गतेको उपनिर्वाचनपछि आफ्नो पार्टी जनमतको तर्फबाट मुख्यमन्त्री बन्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ,”यहाँ प्रधानमन्त्री आफैँ त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैँ बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। जसपाका आफ्नै मुख्यमन्त्री र सङ्घीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको।” अहिले मधेश प्रदेशमा जसपाका सरोज कुमार यादव मुख्यमन्त्री रहेका छन् ।