काठमाडौंको  होटेलबाट १३ जना जुवाडे साढे ७ लाख नगदसहित पक्राउ



काठमाडौं: बत्तिसपुतलस्थित होटल मिराज लर्डस इनमा जुवा खेलिरहेका १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई ७ लाख ६० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनिल मल्लको कमाण्डमा गएको टोलीले जुवा खेलिरहेको व्यापारीहरुलाई पक्राउ गरेको हो । होटल मिराजमा लामो समयदेखि ठूलो खाल बस्ने गरेको सूचना पाएको प्रहरीले छापा मारेको हो । पक्राउ परेकाहरुको नाम खुलाईएको छैन ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्तकुमार लामाले होटल मिराजबाट केही धनाढ्य व्यवसायी समेत पक्राउ परेको बताए । उनीहरुविरुद्द थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात नाम सार्वजनिक गरिने उनको भनाई छ । महेश गोयल सञ्चालक रहेको होटलको पाँचौ तलाको कोठा नंम्बर ५०२ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको हो ।

प्रतिक्रिया दिनुहोस्