
ललितपुर : यात्रुसँग साविक रकमभन्दा बढी भाडा असुल गर्ने सार्वजनिक यातायात तथा ट्याक्सीको चालकले पनि अाइतबारदेखि ट्राफिक कक्षामा बस्नुपर्ने भएको छ ।
बढी भाडा असुल गर्ने सार्वजनिक यातायात तथा ट्याक्सीबारे उजुरी बढेपछि लतिलपुर ट्राफिक प्रहरीले आइतबारदेखि यो नियम लागु गरेको हो । उपत्यकामा दैनिक ५० भन्दा बढी भाडाका सवारी कारबाहीमा पर्ने गरेका छन् ।
जरिवाना गराउँदा मात्र बढी भाडा लिने प्रवृत्तिमा कमी नआएपछि ट्राफिक प्रहरीले नयाँ नियम लागु गरेको ट्राफिक प्रहरीले जनाएकाे छ । कक्षामा बस्नुपर्ने नियम लागु गरिएसँगै ट्राफिक अनुशासन तोड्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिमा कमी देखिएकाले बढी भाडा लिने सवारीमा पनि यो नियम लागू गरिएको उनको भनाई छ ।
अाइतबारदेखि सातदोबाटोमा भर्खरै निर्माण सम्पन्न भएको ट्राफिक प्रहरीको नयाँ भवनमा कक्षा गरिनेछ । बढी भाडा लिने सवारीलाई ५ सयदेखि ३ हजार रुपैयाँसम्म जरिवाना लिने गरिएको छ ।