एक महिनापछि पदम लिम्बूको अन्त्येष्टि गरिँदै 



काठमाडौँ। काेसी प्रदेशको नामकरणमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को अन्त्येष्टिको तयारी गरिएको छ । उनको शनिवार अन्त्येष्टि गर्ने तयारी भएको हो । सरकारले उनलाई सहिद घोषणा गरिसकेको छ ।

प्रदेशसभाले कोसी नाम राखेको विरोधमा विराटनगरमा चैत ५ गते भएको प्रदर्शनका क्रममा घाइते भएका पदमको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० गते मृत्यु भएको थियो ।

लाजेहाङको शव परिवारजनसँग समन्वय गरेर वैशाख ९ गते शनिवार बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय गरिएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले  जनाएका छन् । उनको शव अहिलेसम्म अस्पतालको शव गृहमै छ । लामो समयसम्म शव राखिँदा सड्न थालेकाले आन्दोलनरत पक्ष र परिवारजनलाई अन्त्येष्टिका लागि दबाब परेको थियो । अन्त्येष्टि अघि शवयात्रा पनि गरिने लिङदेनले बताए । बिहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरिनेछ भने इटहरीमा ११ बजे श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्