मुकुन्द न्यौपानेसहित नेकपा एसका अन्य नेताहरू एमालेमा फर्किए



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको कुनै भविष्य र मार्ग नभएका भन्दै नेकपा एस छाडेका नेता मुकुन्द न्यौपानेले एमाले प्रवेश गरेका छन्। शनिवार पार्टी कार्यालय च्यासलमा कम्युनिस्ट पार्टी स्थापना दिवसको उनले नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनले गत साता आफू नेकपा एसबाट अलग भएर एमालेमै फर्किने घोषणा गरेको थिए। उनीसहित नेकपा एसका  अन्य नेताहरूले पनि एमाले प्रवेश गरेका छन् । न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्