बिग्रेड ब्वाइजविरुद्ध थ्रीस्टारकाे अग्रता



काठमाडौं : लामो समयपछि कप्तान विक्रम लामाले पुनरागमन गरेको खेलमा थ्रीस्टारले आइतबार ब्रिगेड ब्याइजबिरूद्ध पहिलो हाफमा एक शून्यको अग्रता लिएको छ । 

 

गत माघमा बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिसविरूद्ध खेल्दा विक्रमको खुट्टा भाँचिएको थियो । पुलिसका तेज तामाङसँग जुद्द्धा उनकाे खुट्टा भाँचिएको हो । त्यसयता विक्रमले खेलेका थिएनन् ।  

 

बुद्ध लामाले बायाँ भगबाट दिएको पास लिएर अगाडी बढन खोज्दा निराजन खड्कालाई बिग्रेड ब्याइजका रन्दीप पौडेलले फाउल गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले थ्री स्टारलाई पेनाल्टी अवसर दिएका थिए । जसलाई रन्जित धिमालले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । 

 

३०औं मिनेटमा सुनील बलले दिएको पासमा रन्जन विष्टले गोल गर्न नसक्दा थ्री स्टारले अग्राता बढाउने मौका गुमायो । ४१औं मिनेटमा अजयी मर्टिन्सले गोल गर्ने मौका गुमाए । बुद्धको क्रसमा मर्टिन्सले गरेको  हेड ब्रिगेड ब्वाइजका गोलकिपर आकश रानाभाटले बचाएका थिए । 

प्रतिक्रिया दिनुहोस्