दसैंका लागि अाजबाट अग्रिम टिकट बुकिङ खुला



काठमाडौं : दशैँ मनाउन घर जाने यात्रुहरूलाई लक्षित गरी मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला हुँदैछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

 

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि मंगलबारबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए ।

 

भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्