ललितपुर महानगरले मुख्य चाेकमा सीसीटीभी क्यामेरा जडान गर्ने



ललितपुर :  ललितपुर महानगरपालिकाले सहरका मुख्य सडकमा सीसीटीभी क्यामेरा जडान गर्ने तयारी गरेको छ । 

 

१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महानगरपालिका मेयर चिरिबाबु महर्जनले महानगरभित्रको मुख्य–मुख्य सडकमा सीसीटीभी क्यामेरा जडान गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।  

 

उनले यसबाट अपराध नियन्त्रणमा प्रहरीलाई सघाउ पुग्ने विश्वास व्यक्त गरे । मेयर महर्जनले सीसीटीभी क्यामेरा जडान गर्न स्थानीय र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भइरहेको पनि बताए।

मेयर महर्जनले ट्राफिक लाईट व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको पनि स्मरण गराए । राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाइट व्यवस्थापनको कामले गति लिन नसकेको उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्