परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलिदानबाट प्राप्त  परिवर्तन उल्ट्याउन विभिन्न ठाउँबाट प्रयासहरू भइरहेका बताएका छन् ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले मङ्गलवार गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिर्वतन उल्टाउने खतरा भएको भन्दै आफूहरूले  त्यसको रक्षा गर्नु पर्ने बताएका छन् ।

उनले नेपालमा पछिल्लो समयमा राजनीतिक दलहरूप्रति घृणा   सिर्जना गरी राष्ट्रलाई नै धरापमा पार्ने खोजिरहेका बताएका छन् । उनले अहिलेको नेपाली राजनीतिमा देखिएको  प्रवृत्तिलाई सच्याउनुपर्ने बताएका छन् । उनले भने ,‘नेपालमा राजनीतिक पार्टीले युगान्तकारी परिवर्तनका लागि सङ्घर्ष गरेका छन् । संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो । यसलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नहरू असफल पारेर महान् उपलब्धिको रक्षा गर्नु आवश्यक छ ।

उनले देशमा अहिले भइरहेको विकास र प्रगतिलाई पनि बदनाम गर्ने खोजिएको आरोप लगाएका छन् । उनले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षिक परिवर्तन गर्न किन सकिएन भन्नेतर्फ दलले पनि समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।श्रेष्ठले सरकारले भूकम्पलगायतका विपद्लाई रोक्न नसके पनि विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न योजना निर्माण गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्