काठमाडौं : नेपाल विद्यार्थी संघ -नेविसंघ_ले नेपाली कांग्रेसकाे कार्यालयमा आज पनि प्रदर्शन गरेका] 5 . कांग्रेसका सभापति शेर बहादुर देउवाको कार्यशैलीलाई लिएर नेबिसंघ कार्यकर्ताले केन्द्रीय कार्यालयमै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
केन्द्रीय कार्यालय सानेपामा आइतबार सभापति देउवा पुग्दा नेबीसंघ कार्यकर्ताले ‘टिके प्रथा अन्त्य गर’ भन्दै नाराबाजी गरेका थिए ।
उनीहरुले टिके प्रथा बाट नभै निर्वाचन प्रक्रियाबाट नै नेविसंघ नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी गरेका थिए । नेविसंघको महाधिवेशन समयमै गराउन गठित निर्देशन समितिको बैठकमा सहभागी हुन सभापति देउवा सानेपा पुगेका हुन् ।