ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने पक्राउ 



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिएको बताएका छन् । उनले ढुंगामुढा गर्ने एक जनालाई पक्राउ गरिएको बताएका छन्।

बुधवार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो । उक्त प्रहारलाई एमालेले भने सत्ता पक्षले घुसपैठ गरेको आरोप लगाएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले कोसी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए ।

‘कोसी नामकरणमा विरोध राख्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम भएको छ । सरकारको तर्फबाट दुख व्यक्त गर्न चाहन्छु । ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरू घाइते भएका छन्’ , श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्