गण्डकीमा कांग्रेसका सुरेन्द्रलाई मुख्यमन्त्री बनाउन दाबी पेश



काठमाडौँ । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र उनले दाबि पेश गरेका हुन् ।

गोरखा २ ‍(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा ३५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । गठबन्धनलाई समाजवादीको पनि साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्