गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहणसँगै गरे ४ निर्णय



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहणसँगै ४ निर्णय गरेका छन् । आज (शुक्रबार) पाण्डेले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा निर्णय गरेको हो ।

यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेका छ । निर्णय अनुसार सवारी चालक अनुमतिपत्र वितरण पक्रिया छिट्टो छरितो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न कार्यदल गठन गरिएको छ ।

 बैठकले गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिँचाइ योजना विद्युत् महशुलमा सत् प्रतिशतसम्म अनुदान दिने र मन्त्रिपरिषद्को प्रवक्तामा कांग्रेसबाट मन्त्री बनेकी सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्