१८ दिनदेखि सेती नदीमा बेपत्ता शशस्त्र प्रहरी जवानको शव भेटियो



बझाङ : १८ दिनदेखि सेती नदीमा डुबेर बेपत्ता भएका शशस्त्र प्रहरी जवान आइतबार वेलुका मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक १५ गते जिल्ला कारागार पछाडी सेती नदीमा बेपत्ता राजेन्द्र बुढाको शव आइतबार भेटिएको हो । 

आइतबार करिब ३ बजेर ३५ मिनेटको समयमा डुङ्ग्रीका स्थानीयले माछाका लागि पासो थाप्न जाँदा शव डुबेर बेपत्ता भएकै स्थानमा तैरिरहेको अवस्थामा फेला पारेका थिए ।

उनीहरुले देख्नासाथ प्रहरीलार्इ खबर गरेपछि प्रहरी टोली उद्धार कार्यमा जुटेको थियो । प्रहरी तैरिरहेका ठाउँ नपुग्दै शव बगेर गोलाइस्थित खोचा (देवल विमास्थल अगाडी) भन्ने ठाउँमा पुगेको थियो । प्रहरीले खोचाबाट शवलार्इ उद्धार गरेको हो ।

उद्धार लगत्तै शवलार्इ पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको डीएसपी प्रविण धितालले जनाए । 

यसअघि बेपत्ता भएको चार दिनपछि (कात्तिक १८ गते) शव निकाल्न गोताखोर, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी टोलीले प्रयास गरे पनि नदी गहिरो र बहाब उच्च भएकाले उद्धार गर्न सकिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्