हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध ‘एलपिएल’को सेमिफाइनलमा



कैलाली : धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाईनलमा प्रवेश गरेका छन् ।

आइतबारको खेलमा जित निकाल्दै दुवै टिमले अन्तिम ४ मा स्थान सुरक्षित बनाएका हुन । आज भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमीले मोक्षदा स्कुल काठमाडौँमाथि २ रनको जित निकाल्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो ।

१ सय ७९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्षदा स्कुल काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ रन बनाउन सक्यो । लिटिल बुद्धका हेमन्त कार्की म्यान अफ द म्याच भएका थिए । 

यस्तै आज सम्पन्न लिग चरण को अन्तिम खेलमा हिमालयन ह्वाईट हाउस स्कुल काठमाडौँले कैलाली मोडल स्कुल माथि १ सय १० रनको फराकिलो जित निकालेको छ ।

उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै फराकिलो जित निकालेको हिमालयन सेमिफाइनल प्रवेश गरेको छ भने हारसँगै कैलाली मोडल स्कुल प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको हिमालयन ह्वाईट हाउसले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । १ सय ८० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कैलाली मोडलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रनमा अलआउट भएको थियो । 

यसैबिच प्रतियोगिता अन्तर्गत लिग चरणको समीकरण पुरा भएको छ । लिग चरणमा सहभागी समूह विजेता बन्दै सिद्धार्थ शिशु सदन कैलाली, लिटिल फ्लावर स्कुल धनगढी, लिटिल बुद्ध एकेडेमी कञ्चनपुर र हिमालयन ह्वाईट हाउस सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरू सोमबार हुनेछ भने फाइनल खेल मङ्गलवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्