‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राष्ट्र र जनता’का लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।

आज जनकपुरधाममा आयोजित सुरक्षासम्बन्धी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले समाजमा अमनचयनलाई चुनौति दिने गरी हुने आपराधिक घटना नियन्त्रणका लागि दृढ सङ्कल्प र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन् । उनले मधेस प्रदेशमा व्याप्त जातीय छुवाछूत, महिला हिंसा, लागुऔषध दुव्र्यशनी, अपराध नियन्त्रणमा शूल्य सहनशीलताको नीतिअनुसार काममा लाग्न सम्बद्ध पक्षलाई आग्रह समेत गरे ।

उनले भने,“अनियमितता र भ्रष्टाचारलाई टाउँको उठाउन नदिन हामी सबैको सामूहिक प्रयत्न आवश्यक छ । यसका साथै समाजका उत्पीडित उपेक्षित वर्ग, समुदाय, महिला दलित, मिटरब्याज पीडितको न्यायका लागि पनि यसै बैठकबाट सङ्कल्प लिन आग्रह गरेको छु”।

त्यसैगरी उनले प्रहरी समायोजन सङ्घीयताको मर्मअनुसार अगाडि बढाइने र समायोजन नहुन्जेल प्रदेश सरकारले प्रहरीलाई निर्देशन, समन्वय र परिचालन गर्न कुनै दुविधा नरहेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्