एसिया कपका लागि नेपाल तयार भइरहँदा



काठमाडौँ । जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा  एक खेल पनि नहारेको नेपालको यात्रा बलियो हुँदै गएको छ । लगातार जितलाई आफ्नो कोल्टोका पारीरहेको नेपाल एसीसी प्रिमियर कपको पनि उपाधिको नजिक पुगेको छ । नेपालका लागि यस वर्षको एसीसी प्रिमिय कपको  कप मात्रै नभएर  एसिया कप खेल्न पाउने पहिलो अवसर बन्ने छ । जहाँ विश्वमै औलामा गनिने टिम भारत र पाकिस्तानसँग नेपालले खेल्न पाउने छ ।

आज काठमाडौँको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । आज फाइनल खेल पुरा भने हुन सकेन तर आजको खेललाई आधार मानेर हर्ने हो भने नेपाल  जितको नजिक रहेको छ । आज ९ बजेबाट सुरु भएको खेलमा नेपाली क्रिकेट समर्थक हरुको लस्कर नै देखिएको थियो । आज खेल सुरु भएको केहि समय पछि वर्षा पर्न थालेपनि समर्थकहरुले भने आफ्नो समर्थन पानिमा  भिज्दै जनाइरहे । सायदै कमै देशमा देख्न पाइन्छ होला जहाँ प्रया सबै समर्थक पानिमा छाता ओडेदै खेलको प्रखाइमा हुन् । आज भएको खेलमा नेपालीहरुको खेलप्रतिको ध्यानलाई हेर्दा लाग्छ कि नेपालले विश्वकपको फाइनल खेली रहेको छ । नेपालले पनि पछिल्लो समयमा आफुलाई खेलमा सुभार गर्दै गएको छ ।

आज  भएको  (बाँकी रहेको )खेल जिते नेपालले एसिया कप खेल्न पाउने छ । नेपाललाई पनि यो खेल जित्नुपर्ने दबाब रहेको छ । नेपाली खेलाडीका लागि एसिया कप भनेको भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरूसँग खेल्न पाउने अवसर हो ।

आज बलिङमा चमक  

बादल लागिरहेकै वेला सुरु भएको आजको खेलमा  नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । आजका लागि स्पिनर ललित नारायण राजवंशीले ३, करण केसीले २ तथा सोमपाल कामी र गुलशन झाले १/१ विकेट लिए । नेपालले लगातार विकेट लिइरहँदा यूएई मध्यम स्कोरमा समेटिएको थियो।
१६ ओभरको खेल सकिँदा वर्षाले केही बेर खेल रोकिँदासम्म युएईका ५ खेलाडी आउट भइसकेका थिए भने टोलीले ६० रन मात्र जोड्न सकेको थियो।

तीव्र गतिका बलर कामीले चौथो ओभरको पहिलो बलमा युएईका कप्तान मोहम्मद वासिमलाई आउट गरेका थिए । एक चौका र एक छक्का प्रहार गरेर ११ रन जोडेका वासिमको राजवंशीले उडेर सानदार क्याच लिएका थिए। त्यसपछि युएईका ब्याटर बृत्य अरविन्दको विकेट करण केसीले लिए। ४.५ ओभरमा ‘एज’ लागेपछि विकेट किपर आसिफ शेखले उनको बल सहजै क्याच गरेका थिए। अरविन्दले ८ रन मात्र बनाए। करण केसीले नै अर्का भरपर्दा ब्याटर आर्यन लाक्रालाई आउट गरेर युएईलाई सङ्कटमा पारिदिएका थिए। केसीको बल खेल्ने धुनमा १२ रन मात्र बनाएका लाक्रा ८.१ ओभरमा आरिफ शेखबाट समातिएका थिए।

स्पिनर राजवंशीले रमिज सहजादलाई १० औँ ओभरको पहिलो बलमा गुलशन झाद्वारा क्याच आउट गराए। यति बेला यूएईले ३५ रनका लागि ४ विकेट गुमाइसकेको थियो। अनुभवी रोहन मुस्तफाले क्रिजमा टिकेर खेल्न भरपूर प्रयास गरेका थिए। तर १५ बलको सामना गरेर खेलिरहेका बेला उनले सन्दीप लामिछानेको बलबाट भने  बच्न सकेनन्। लामिछानेको ‘फुल टसु’खेल्ने क्रममा २ रन मात्र जोडेका मुस्तफा कुशल मल्लबाट ‘शर्ट लेग’मा सजिलै समातिन पुगेका थिए।

त्यसपछि आसिफ खान र बसिल हमिदले छैटौँ विकेटका लागि ३९ रनको साझेदारी गरेर खेल केही समय खेल नियन्त्रणमा राखेका थिए। यो नै यूएईको ठूलो साझेदारी थियो।तर गुलशन झाले २२.५ ओभरमा यो जोडीलाई तोडिदिए। उनले हमिद (१० रन) लाई बोल्ड गरेका हुन्। आयान खानलाई लामिछाने आउट गरे। ‘वाइड बल’ खेल्ने चक्करमा खानले ५ रनमा मल्ललाई विकेट बुझाउन पुगेका थिए।

युएईको बाँकी भरोसालाई स्पिनर राजवंशीले समाप्त पारिदिए। राजवंशीको बलमा ठूलो शट् खेलेर अर्धशतक पूरा गर्ने क्रममा उनी प्वाइन्टमा आरिफबाट समातिन पुगे।५४ बलको सामना गरेका खानले ७ चौका र १ छक्काको मदतले ४६ रन बनाएका थिए। खान २७.२ ओभरमा आउट भएका थिए। त्यसको अर्को बलमा राजवंशीले त्यही शैलीमा आरिफकै हातबाट जहुर खानको पनि विकेट लिए। अब युएईको स्थिति १०६-९ थियो। तर यही बेला फेरि वर्षा हुँदा खेल रोकिन पुग्यो।

विवादमा एसिया कप 

एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना गर्ने तय गरेको छ । तर, भारतले भने दुई देशबीच लामो समयदेखि चुलिएको राजनीतिक द्वन्द्वका कारण आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ ।यो विषयलाई लिएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्नो सरकारसँग थप छलफल गरिरहेको छ ।

पीसीबीले एसिया कपका अन्य खेल पाकिस्तानमा खेलाए पनि  भारतले खेल्नुपर्ने खेल भने अन्य कुनै देश ९न्युट्रल भेन्यू०मा खेलाउने प्रस्ताव राखेको छ । पीसीबी व्यवस्थापन कमिटीका अध्यक्ष नजाम सेठीले गत महिना पनि एसीसीमा यो प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावमा एसीसीका अध्यक्ष जय शाह पनि सकारात्मक देखिएका थिए । तर, भारत फर्किएपछि भने शाहले पीसीबीको उक्त प्रस्तावको विपक्षमा आफ्नो धारणा राखेका थिए ।दुई साताअघि मात्र शाहले आफू एसिया कपमा सहभागी हुने राष्ट्रहरूको धारणाको पर्खाइका रहेको बताएका थिए ।

पछिल्लो समय श्रीलङ्का र बंगलादेश क्रिकेट बोर्डले पीसीबीलाई प्रतियोगिता न्युट्रल भेन्यूमा सार्न अनौपचारिक प्रस्ताव राखेका थिए । तर, पीसीबी भने कुनै पनि हालतमा प्रतियोगिता अन्यत्र सार्न तयार  रहेको छैन् । श्रीलङ्का र यूएईले पनि एसिया कप आयोजनाका लागि चासो देखाउँदै आएका छन् ।

पछिल्लो समय बीसीसीआई त एसिया कप नै रद्द गर्नुपर्ने पक्षमा देखिएको समाचारमा जनाइएको छ । बीसीसीआईले यसअघि नै एसिया कपको सट्टामा छुट्टै पाँच देश सहभागी हुने प्रतियोगिताको ढाँचा अगाडि सारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्