पार्टीका नेताहरू भ्रष्टाचारमा सहभागी भएको भन्दै एमालेका विभिन्न तीन सय नेता तथा कार्यकर्ताहरूले दिए राजीनामा 



काठमाडौँ । गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचार भएको र त्यसमा आफ्ना नेताहरूको पनि  संलग्नता रहेको भन्दै  नेकपा एमाले विभिन्न १५० जना कार्यकर्ता तथा नेता हरले राजीनामा दिएका छन् ।  मोरङको कानेपोखरी गाउँपालिकामा जग्गा किन्दा भ्रष्टाचार गरिएको उनीहरूको भनाइरहेको छ ।

यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योग व्यवसायी महासङ्घका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, ज्येष्ठ कम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी, राजकुमार बराल,  पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत, सह– इन्चार्ज भोलानाथ पराजुली, निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ , राजकुमार लिम्बु लगायतले राजीनामा दिएका हुन् ।

पार्टी निर्णय प्रक्रियालाई बेवास्ता गर्दै एकलौटी ढङ्गले पद्धतिको कुनै पनि अनुसरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएको भ्रष्टाचारको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पुर्‍याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णय गरेको उनीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्