गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । १४ वैशाखमा नियुक्त भएका पाण्डेले १५ गते शपथ लिएका थिए । उनले आज विश्वासको मत लिएकोमा उनको पक्षमा ३५ जनाले मत दिएका हुन् । उनको विपक्षमा २२ मत परेको छ । राप्रपाका २ सांसद भने तटस्थ बसे ।

उनलाई काँग्रेसका २७, माओवादीका ७ र राजीव गुरुङसहित ३५ जनाले विश्वासको मत दिएको हो । नेकपा एमालेका २२ सांसदले विपक्षमा मत हाले ।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा काँग्रेस–माओवादीको बहुमतको सरकारको सुरेन्द्रराज मुख्यमन्त्री बनेका हुन् ।

अब काङ्ग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री बन्ने काँग्रेस सांसदहरूको दाबी छ । तर, माओवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरे पनि अघिल्लो सरकारमै २ मन्त्रालय पाएकाले सोही सङ्ख्यामा सीमित हुने काँग्रेसको अडान छ । एकीकृत समाजवादीका राजीव गुरुङ ९दीपक मनाङे०ले पनि मन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्