केन्द्रीय कमिटीकाे बैठक अघि एमालेले किन बोलायो सचिवालय बैठक ?



काठमाडौँ । झापामा २९ वैशाख देखि ३१ सम्म हुने केन्द्रीय समिति बैठकअघि  नेकपा एमालेले सचिवालय बैठक बोलाइएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सचिवालय बैठक वैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा  बस्न लागेको  हो ।  सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्ने छ ।

सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकमा ग्रासरुट अभियानको समग्र समीक्षासहित नेताहरूको जिम्मेवारी समेत हेरफेरको निर्णय हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्