५४ तोला सुन र साढे ७ लाख भारु रुपैयाँसहित दुई जना पक्राउ



काठमाडौँ । अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले उनलाई  विराटनगरबाट पक्राउ गरेको हो । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ ।

प्रहरीले भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारकालाई पक्राउ गरेको हो । विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूको साथबाट ८ किलो चाँदी पनि बरामद भएको छ । प्रहरीले उनीहरूलाई शुक्रवार साँझ पक्राउ गरेको हो । को २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । उनीहरूबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्