नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको निष्पक्षतामाथि एमालेको प्रश्न



काठमाडौँ । नेकपा एमालेले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको करोडौँ ठगीबारे सरकारले गरिरहेको अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएको छ।आइतबार दिउँसो संसद् भवन परिसरमा बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार माथि प्रश्न उठाएका हुन् ।

ओलीले भ्रष्टाचार र ठगी जस्ता आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने बताएका हुन् ।
‘भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ। उनीहरूलाई एमाले जोगाउनु पर्छ भन्ने पक्षमा छैन । तर अनुसन्धान निष्पक्ष र विश्वासिलो हुनु पर्‍यो, कसैलाई जोगाउने र कसैलाई फसाउने नाममा अघि बढिन्छ भने त्यो हाम्रा लागि सह्य हुँदैन , ओलीले भने ।

साथै उनले अहिलेको  सरकारले राजनीतिक तरङ्ग दिन खोजेको आरोप पनि लगाएका छन् । उनले भने, यो प्रकरणको अनुसन्धानका नाममा सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको देखिएको छ । यस प्रकरणमा मुछिएका जोकोही कारबाही भागी हुन्। तर सरकार निकटहरुलाई बचाउने गरी अनुसन्धान अघि बढाइएको छ। यो अनुसन्धानको निष्पक्षतामाथि प्रश्न गर्ने ठाउँ छन्।’ उनले अनुसन्धानमा आफूले सरकारलाई सहयोग गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्