टोपबहादुर रायमाझीले अनुसन्धान सघाउनुपर्छ : एमाले



काठमाडौँ । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धानमा सहयोग गर्नु पर्ने बताएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिएका रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको छ । हाल एमाले सचिव रायमाझी फरार रहेका छन् । उनको हाल खोजी कार्य भइरहेको छ ।

आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा रायमाझीबारे पनि छलफल भएको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’

प्रतिक्रिया दिनुहोस्