‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’, तीन जनालाई 



काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८० वैशाख २३ गते “भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९” प्रदान गरिएको छ ।  सो सम्मान गायनतर्फ वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ र सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार रु ५०,००१ सहित प्रदान गरिएको छ ।

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बिपी सिंहलाई प्रदान गरिएको छ । २५ हजार रुपैयाँ राशिको यो सम्मान साङ्गीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानका संरक्षक गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले विगत केही वर्ष यता देखि सङ्गीत र कलाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानलाई साथ दिदैँ आएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्