सत्ताको विकल्प एमाले भन्ने तथ्यमै प्रश्न



काठमाडौँ । ललितपुर जिल्लामा आजबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको नतिजालाई चिन्ताको विषय भएको बताएका छन् ।

केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उपनिर्वाचनको नतिजालाई गम्भीर लिनुपर्ने बताए । उनले भन, नेकपा एमालेले उपनिर्वाचनमा सङ्ख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि चितवन–२ र तनहुँ–१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय हो ।

उपनिर्वाचनको नतिजाले सत्ता गठबन्धनको विकल्प एमाले हो भन्ने तथ्यमै प्रश्न उठेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ , ‘गतस् वर्ष मङ्सिर मा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो’।

प्रतिवेदनमा सम्पन्न उपनिर्वाचनमा एमालेले ब्यहोरेको हारको बारेमा समयमा सबै तहका नेतृत्व र समूहमा छलफल आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्