सङ्घीयताबारे पुनर्विचार गर्न सकिन्न : एमाले



काठमाडौँ । नेकपा एमालेले केन्द्री कमिटीको बैठकमा उठेको सङ्घीयताका विषयमा पुनर्विचार नगर्ने भएको छ । एमाले अध्यक्ष ओलीले सङ्घीयताको विषयमा पुनर्विचार गर्न नसकिने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सङ्घीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।

हिजो देखि नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा सङ्घीयताका बारेमा बहस सुरु भएको थियो । नेकपा एमालेले सङ्घीयतामा पुनर्विचार गर्ने लागेको हो कि भन्ने शङ्का पनि उब्जिएको थियो ।  ।

शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा बोलेका गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरूले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखेका थिए । तर प्रचार विभाग उपप्रमुख रिजालले केन्द्रीय कमिटी बैठकमा सङ्घीयताको विषय छलफलको एजेन्डा नभएको बताए ।एमाले संविधान निर्माता पार्टी हो भन्दै रिजालले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने काम  नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्