नेप्सेमा दोहोरो अङ्कको गिरावट 



काठमाडौँ । लगातार ओरालो लागि रहेको सेयर बजार परिसूचक नेप्से आज पनि सामान्य अङ्कले ओरालो लागेको छ । आज नेप्से सामान्य अङ्कले ओरालो लागिरहँदा कारोबार रकममा गिरावट आएको छ । सातको दोस्रो दिन आज सोमबार नेप्से ३.३४ अङ्क ओरालो लागेको आज नेप्से ओरालो लागेसँगै  १८१८.३१ विन्दुमा पुगेको छ ।

आज बजारसँगै अन्य उपसमूहहरू पनि ओरालो लागेका छन् । आज सेन्सेटिभ इन्डेक्स ०.५७ अङ्क, फ्लोट इन्डेक्स ०.२२ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१४ अङ्कले ओरालो लागेका छन् ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार ९० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २६६ स्टकको २० हजार १५८ पटकको कारोबारमा ७२ करोड ४९ लाख रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 आज एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  सो म्युचुअल फण्डको इकाई मूल्य ९.८८ प्रतिशत उकालो लागेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।  मर्जरपश्चात यसै दिनदेखि कारोबारमा आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक ६.४५ प्रतिशतले ओरालो लागेको छ । यस दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य करिब साढे ५ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैङ्क शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको यस दिन ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको करिब ३ करोडको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्