यी हुन् कमल थापालाई चुनौती दिनेहरू



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच पूर्वपदाधिकारीसहितका १९ सदस्यले अध्यक्ष कमल थापाको व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहका कारण पार्टी एकता प्रक्रिया अन्तिम समयमा आएर रोकिएको आरोप लगाएका छन् ।

पार्टीको कार्यकता र शुभेच्छुकको भावनाको कदर गर्दै समान राजनीतिक विचारधारा भएका शक्तिहरूबीच चलिरहेको एकता प्रक्रिया व्यक्तिगत स्वार्थ, आग्रह पूर्वाग्रह असन्तुष्टि त्यागेर तत्काल टुंगोमा पु-याउन उनीहरूले आग्रह गरेका छन् ।

आइतबार राजधानीमा बसेको उनीहरूको गोप्य बैठकले अध्यक्ष थापाले एकता प्रक्रिया अघि बढाउन आनाकानी गरे पार्टी परित्याग गर्नसमेत पछि नपर्ने निष्कर्ष निकालेका नयाँ पत्रिकामा खवर छ ।

यी हुन् अध्यक्षलाई चुनौती दिने नेताहरू :

संयुक्त विज्ञप्ति जारी गरी राप्रपा अध्यक्षलाई चेतावनी दिने नेताहरूमा पूर्ववरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्वउपाध्यक्षद्वय टंक ढकाल र दिलविकास राजभण्डारी, पूर्वमहामन्त्रीद्वय जयन्त चन्द र धवलशमशेर राणा, दिलनाथ गिरी, अर्जुन राई, दिनेश श्रेष्ठ, मुकुन्दश्याम गिरी, गोविन्द खनियाँ, प्रेक्षा मल्ल, प्रेम भण्डारी, गजेन्द्र सिंह, रामबहादुर शाह, प्रह्लाद शाह, गणेशसिंह विष्ट, भरत गिरी, सानोकाजी हेक्का र चिरागमानसिंह कुँवर छन् ।

प्रतिक्रिया दिनुहोस्