
काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले सोही प्रकरणका लक्ष्मण चौधरीको मुद्दामा पनि सजाय घटाएको छ । सोही मुद्दाका सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ पाएका छन् ।
लक्ष्मणको मुद्दामा उच्च अदालत दिपायलको पाँच वर्ष कैद हुने फैसलालाई उल्टाउँदै सर्वोच्चले तीन वर्षमा झारेको छ । त्यसै गरी अन्य प्रतिवादीको हकमा भने सफाइ पाऊँ भन्ने उनीहरूको पुनरावेदनको जिकिर नपुग्ने सर्वोच्चले फैसला सुनाएको छ ।
फैसलाको पूर्णपाठ :