ललितपुरबाट गैँडाको खागसहित ३ जना पक्राउ



काठमाडौँ । ललितपुरबाट गैँडाको खाग सहित तीन जनालाई पक्राउ गरिएकाे छ । प्रहरीले ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार)सहित तीन जनालाई पक्राउ गरेको हाे ।

प्रहरीले चितवनको राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइए छ ।

प्रतिक्रिया दिनुहोस्