नेप्सेमा दोहोरो अङ्कको सुधार 



काठमाडौँ । कारोबारको अघिल्लो दिन सामान्य अङ्कले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज भने,भारी अङ्कले उकालो लागेको छ । साताको चौथो दिन आज (बुधवार) नेप्से २३.३९ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै १८४५.०१ विन्दुमा पुगेको छ । आज नेप्से उकालो लागिरहँदा  कारोबार रकममा पनि सामान्य सुधार आएको छ ।

पछिल्ला केही दिन यता बजारमा निरन्तर गिरावट आइरहँदा कारोबार रकम भने सुस्ताउँदै गएको छ । आज सेन्सेटिभ इन्डेक्स ४ अङ्कले उकालो लागेको छ । भने,  फ्लोट इन्डेक्स १.६० अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२० अङ्कले उकालो लागेको छ ।

अघिल्लो कारोबारको दिन ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज विभिन्न २६६ स्टकको २५ हजार ६३४ पटकको कारोबारमा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको २५ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ।

आज सबै भन्दा धेरै कारोबारमा हुनेमा शिवम् सिमेन्ट पहिलो नम्बरमा रहेको छ । शिवम्  को आज ५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल टेलिकम र एनआईसी एसिया बैङ्कको ४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ८४ रुपैयाँ ८० पैसा बढेर (३३ रुपैयाँ ४)  रुपैयाँले ओरालो लागेको हो। आज ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । आदर्श लघुवित्त वित्तीय संस्था र इष्टर्न हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज माई खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.९३ प्रतिशत घटेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ। त्यसै गरी, यस दिन वित्त, जलविद्युत र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ

प्रतिक्रिया दिनुहोस्