ठाकुर र श्रेष्ठ, क्षयरोग र एड्स केन्द्रको निर्देशकमा नियुक्त



काठमाडौँ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा.प्रज्वल श्रेष्ठ र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर नियुक्त भएका छन्।

बुधवार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले मन्त्री स्तरीयनिर्णय गर्दै श्रेष्ठ र ठाकुरलाई निर्देशकमा नियुक्त गरेका हुन् । यस अघि श्रेष्ठ वीर अस्पतालमा छातिरोग विशेषज्ञको रूपमा कार्यरत हुन्।  ठाकुर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा थिए। क्षयरोग केन्द्र लामो समयदेखि निर्देशक विहीन थियो।

प्रतिक्रिया दिनुहोस्