डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त भएका लक्ष्मण सिंहले समाले पदभार 



डडेल्धुरा। नेपाल सरकारबाट डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त भएका लक्ष्मण सिंहले आज  अध्यक्षको पदभार ग्रहण  गरेका छन् ।

डडेल्धुरा अस्पतालमा  उनलाई  अस्पतालका कर्मचारी, समाजसेवी, सेवाग्राहीहरूले फुलमाला लगाएर स्वागत गरेका थिए। अध्यक्ष सिंहले पदभार ग्रहरण गर्दै अस्पताल बाट प्रवाह हुने सेवा प्रभावकारी र गुणस्तरीय बनाइने, अस्पतालमा अनुशासन,पारदर्शिता कायम गर्न सबै कर्मचारी, सेवाग्राही, राजनीतिक दल, समाजसेवी र निवर्तमान समितिको सल्लाह सहयोगको आवश्यकता रहने कुरा  बताएका छन्

सबै पक्षको सल्लाह, सहयोगले नै अस्पताल वाट उच्चस्तरीय सेवा प्रवाह गर्न सकिने छ। अस्पतालको सर्वोपरि हित लाई केन्द्रमा राखेर इमानदारिता साथ काम अगाडी बढाउने कुरा उ उनले बताए ।

प्रतिक्रिया दिनुहोस्