म्यानपावरकाे धराैटी रकम वृद्धि : ठूलालार्इभन्दा सानालार्इ बढी



काठमाडाैं : म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करोड रुपैयाँ पुर्याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ।

 

सबै म्यानपावरले ६ करोडको एकैखाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयारी गरेको हो। विदेशमा धेरै कामदार पठाउने म्यानपावरको धरौटी धेरै र थोरै कामदार पठाएनेको कम गर्ने व्यवस्था मिलाउन सरकार लागेको हो।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नयाँ व्यवस्थामा वार्षिक पाँच हजार कामदार विदेश पठाउने म्यानपावर कम्पनीलाई ६ करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ। यस्ता कम्पनीले दुई करोड रुपैयाँ नगदै र बाँकी चार करोड बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्नेछ।

 

वार्षिक पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीलाई नगद एक करोड र दुई करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्ने व्यवस्था गरिएको छ।

 

यो हिसाबले एकखाले म्यानपावर कम्पनीलाई ६ करोड र अर्को किसिमको लाई तीन करोड धरौटी व्यवस्था गर्न लागिएको हो।, यो खबर आजको नागरिक दैनिकबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्