२९ जेठदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मेलेसियाको लागि नियमित उडान 



काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ ९१२ जुन २०२३०बाट नियमित उडान गर्ने  लागेको हो ।

निगमले ‘काठमाडौँ–क्वालालाम्पुर–भैरहवा–काठमाडौँ’ रुटमा नियमित उडान लागेको हो । पहिलो चरणमा साताको एक उडान गर्ने गरी उडान गराउन लागेको निगमका प्रवक्ता रमेश पौडेलले  जानकारी गराएका छन् । निगमले अरू गन्तव्यका उडानहरू पनि थप्ने तयारी गरेको छ ।

निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा उडान थाल्ने भएको हो ।
निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ । यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौँ र भैरहवासम्मको टिकट लिई सेवा लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्