‘गदर २’ अगस्ट ११ मा रिलिज हुँदै



काठमाडौँ । २२ वर्षअघि आएको सन्नी देओलको फिल्म गदर एक प्रेम कथाले त्यो समयमा राम्रै कमाएको थियो । फिल्मले  बक्स अफिसमा ठुलो हंगामा मच्चाएको थियो । दर्शकहरू आज पनि यो फिल्म पर्खाइमा रहेको छन् । यसै बिच दर्शकहरूका लागि यो चलचित्रलाई लिएर खुसीको खबर आएको छ ।

निर्माताहरुले यो फिल्मलाई फेरि हलमा रिलिज गर्ने योजना बनाएका छन् । यो चलचित्र आगामी असार ९ गतेबाट फेरि एक पटक हलमा रिलिज हुने बताइएको छ । फिल्मको सिक्वेल ‘गदर २’ यस वर्षको अगस्ट ११ मा रिलिज हुँदै छ । फिल्मको निर्देशन अनिल शर्माले गरेका हुन् ।

दर्शकले २२ वर्ष पुरानो फिल्मको सिक्वेल हेर्नुअघि पहिलो पार्ट हेर्नुपर्ने निर्माताको सुझाव रहेको छ । चलचित्र गदर एक प्रेम भनिएको कथामा आधारित फिल्म हो । भारु ९९ करोड बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा भारु १३३ करोड कमाएको थियो । फिल्म जून १५,२००१ मा रिलिज भएको थियो। यसमा सनीसँग अमिषा पटेल मुख्य भूमिकामा रहेकी थिइन् ।

गदर २ भारत९पाकिस्तान युद्धमा आधारित रहेको छ । सन्नी देओलको फिल्म गदर २ सन् १९७१ को भारत९पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित रहेको छ । यसमा सनी देओलसँगै अमिषा पटेल र उत्कर्ष शर्मा मुख्य भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्