एमसीसी परियोजनाका उपाध्यक्ष ब्रुक्स र उपप्रधानमन्त्री श्रेष्ठबिच भेटवार्ता



काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका  एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर श्रेष्ठसँग शिष्टाचार भेटर्वाता गरेको हो ।

भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउनु आग्रह गरेका जनाइएको छ । ब्रुक्सले मागेको सहयोगमा उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको आवश्यक सहयोग गरिने बताएका छन् ।

आज २०८० साल जेष्ठ महिनाको ६ गते गृह मन्त्रालयका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यू र एमसीसीका भाईस प्रिसिडेन्ट जोनाथन ब्रुक्सबीच भेटर्वाता भएको गृहसचिव गोविन्द भट्टराईले जनाकारी  गराएका छन् । भेटमा उपाध्यक्ष ब्रुक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाका बारेमा सामान्य ब्रिफिङ पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्