जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



काठमाडौँ ।  ललितपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रीनले आफ्नै घरमा सञ्चालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसै गरी चाँगुनारायण नगरपालिका-६ नगरकोट फेदीस्थित सोही नगरपालिका९२ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालको अनुग्रह गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सुवालसमेत ४ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।  प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार १ सय ३० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्