बागमतीमा मन्त्रिपरिषद् विस्तार, कसले के मन्त्रालय पाएँ ?



काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली काङ्ग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना प्रदेश सरकारमा सहभागी गराउँदै जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

काङ्ग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । काङ्ग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् ।

नेकपा एसका लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूको आइतबार नै दिउँसो शपथ समारोह रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्