
काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त ६ जना मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली काँग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जनालाई मन्त्रिपरिषद् समावेश गराएका हुन् ।
नेपाली काँग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । काँग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् ।
।