आङटावाले विरुद्ध ५ जनाले दिए जाहेरी



काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा थप पाँच जना पीडितहरूले प्रहरीमा जाहेरी दिएका छन् । दोलखाबाट आएका पीडितहरूले पूवसभासद आङटावा शेर्पाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

आङ्टावाले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरूसँग ६/६ लाख लिएको पीडितहरूको दावी रहेको छ ।आङटावा आफू विरुद्ध उजुरी परेपछि आफै प्रहरी कहाँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्