
काठमाडौँ । दाङमा विद्यार्थीलाई बलात्कार गरेको आरोप एक जना शिक्षक पक्राउ परेका छन् । शिक्षक बलात्कारको आरोप लागेपछि लागेपछि फरार रहेका थिए । प्रहरी फरार रहेका शान्तिनगर गाउँपालिका–७ बस्ने ३५ वर्षका शिक्षक खुमानन्द पौडेललाई पक्राउ गरेको हो ।
०७९ चैत्र २१ गते शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति माविको धनौरीमा होस्टेलमा बस्ने १६ वर्षकी छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक पौडेल विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।
जाहेरी परे लगतै भागेर भारत पुगेका आरोपी पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।