नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तविरुद्ध बुधबारसम्ममा मुद्दा दायर गरिने 



काठमाडौँ । नेपालीलाई  नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्न आरोपी विरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर हुने भएको छ ।

प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।  जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले,  प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा सरकारी वकिलको कार्यालय अघि बढ्ने  बताएका छन् ।

 उनले भने, नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ । प्रहरी अनुसन्धानमा के देखियो,आधार प्रमाणहरू के हुन् । को–को विरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो । कस्तो अपराध हो । कति कसुर वा बिगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन् । हामी सुरुवातमा मुद्दाको अनुसन्धानको विश्लेषण गर्छौँ । आधार प्रमाणहरू हेर्छौँ ।’

उनले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताएका छन् । उनीहरू विरुद्ध अदालतमा मुद्दा दायर गर्ने समय १० जेठ सम्म रहेको छ ।  उनले भने , ‘अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौँ । पक्राउ परेकाहरूलाई ठगी र सङ्गठित अपराध र राज्य विरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ  ।’

प्रतिक्रिया दिनुहोस्